नेपाल एक भौगोलिक विविधता, प्राकृतिक छटा र वातावरणीय शौन्दर्यताले भरिपूर्ण देश हो । यहाँका प्राकृतिक सम्पदा विश्वमानै अनुपम र अद्धितिय छन् । हिमकुञ्ज भएर वग्ने स्वच्छ शितल हावाले जो कसैको मन पनि पुलकित तुल्याँउदछ । छङ्ग छङ्ग वग्ने खोलानाला, प्राकृतिक झरना, वनजंगल तथा पर्यावरणीय एवं जैविक विविधता अति शौन्दर्यशील छन् । विश्व मानचित्रमा भूगोलीय हिसावले नेपाल अति सुक्ष्म देखिएता पनि जैविक विविधता एवं प्राकृतिक तथा पर्यावरणीय विशेषताले गर्दा यो देश विश्वकै श्वप्न पगरी हो भन्दा फरक नपर्ला । यहाँ यस्ता असंख्य ठाँउहरु छन् जो प्राकृतिक सुन्दरताको दृष्टिले विश्वमानै अद्वितिय छन् । यस्तै यस्तै प्राृकृतिक रमणीयता र विभित्रताले भरिएको ठाँउहरमध्ये सुन्दर ठाँउहरु मध्ये लाङ्गटाङ्ग र गणेश हिमालको सामिव्यता सँग रमाई रहेको मनोरम प्राकृतिक पर्यावरणीय स्थल चिसापानी भञ्ज्याङ्ग पनि पर्यटकहरुको सुन्दर गन्तव्य स्थल हो ।
काठमाडौं सुन्दरिजलबाट करिव ११ किलोमिटर उत्तरमा अवस्थित तथा समुन्द्र सतहबाट २१९४ मिटर उचाईमा रहेको सौन्दर्यशील पर्यावरणीय सम्पदाले सुसज्जित अनि विचित्र हिमश्रृङ्खलाले घेरिएको स्वप्नशैया हो हिमकुञ्ज भएर वग्ने शितल हावाले यहाँ आउने जो कसैको वनि मन प्रफुल्लित बनाउने गर्दछ । सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हँुदै , बुढानिलकण्ठ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै साँखु—जहरसिंपौवा चौकीभञ्ज्याङ झुले हुँदै पुग्न सकिने यस मनोरम स्थलबाट सुन्दर हिमश्रृङखलाको दृष्यावलोकन यसका साथै सुर्योदय र सुर्यास्त निकै राम्रो सँग नियाल्न सकिन्छ । काठमाडौं सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्जद्वार मुलखर्क उकालो हुँदै सिधै निकुञ्ज विचको स—साना खोल्चा किटपतङ्ग चराचुरुङ्गिहरुको मभुर आवाज सुन्दै, नियाल्दै निकुञ्ज भित्रका सिमसार धाप तथा विभिन्न प्रजातिका बोट विरुवाहरुको अवलोकन गर्दै करिव चार घण्टाको पैदलयात्रा पछि सुन्दर चिसापानि भञ्ज्याङ्ग पुग्न सकिन्छ । सुन्दरीजलदेखि मुलखर्कसम्म उकालोबाटोमा ढुङ्गा छापेर सिंढि बनाईएको छ भने बाटोको दाँया वाँयामा सुन्दर होटल, लज तथा रेष्टुराँ खुलेका छन् जसले गर्दा चिसापानि यात्रामा जाने आउने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि निकै सुविधा पु¥याएको छ । मुलखर्क उकालो चढिसके पछि भने विच बाटोमा होटल विश्राम स्थल आदिको व्यवस्था छैन ।
केहि बर्ष अगाढी सम्म केहि टहरा गोठ रहेको र मानिसहरुले चरन क्षेत्रको रुपमा उपयोग गर्दै आएको यस क्षेत्रमा सामान्य डाँडो रहेको थियो । यस डाँडामा हिँउद तथा गर्मीको समयमा ठण्डा एवं चिसो पानि पाईने र जसले गर्दा यस क्षेत्रको नाम चिसो पानि रहन गएको थियो । हाल आएर त्यहि चिसोपानि अपभ्रम्स हुदँै यस क्षेत्रको नाम चिसापानि रहन गएको छ । यस क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको त्यति लामो समय भईसकेको छैन । यस क्षेत्र भएर पर्यटकहरु धार्मिक स्थल गोसाँईकुण्ड तथा पर्यटकीय स्थल हेलम्वु जाँदा आउदा यस क्षेत्रमा पाल टाँगेर रात बिताउने हुँदा यँहाका मानिसहरुमा यस क्षेत्रमा होटल लज निर्माण गर्नुपर्ने चेतनाको विकास भएको र यस क्षेत्र विस्तारै पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित हुँदै गएको हो ।
काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक समेतको सिमानामा पर्ने यो मनोरम तथा सुन्दर पर्यटकीय स्थल चिसापानी भञ्ज्याङ्गबाट पाँच अञ्चलका करिव सयभन्दा बढि हिमालको एकसाथ दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, लामटाङ्ग, मनास्लु, गणेश, दोर्जेलाक्पा, गौरीशंकर र सगरमाथा लगायतका थुप्रै हिमश्रृङ्गखलाको लिकै राम्रो सँग दृष्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र भएर धार्मिक स्थल गोसाँईकुण्ड तथा पर्यटकीय स्थल ककनि, हेलम्वु र नगरकोट सम्म पुग्ने पदमार्ग समेत पर्ने हुनाले यस ठाँउ पर्यटकीय आकर्षणको केन्द« बन्न गएको हो । यातायातको दृष्टिले भने यस क्षेत्र त्यति बिकसित भईसकेको छैन । यस क्षेत्र सम्म पुग्न शिवपुरी राष्ट्रिय निकुञ्ज भएर जानुपर्ने भएकाले लागि राष्ट्रिय निकुञ्ज प्रशासनले मोटरबाटोको अनुमति प्रदान गरेको छैन । स्थानिय होटल एवं पर्यटन व्यवसायीहरुको निकै अनुरोध पछाडी केहि समय अगाडिमात्र निकुञ्ज प्रशासनले साईकिलिङ्ग रुटका लागि ईजाजत प्रदान गरेको छ । यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारले राज्य स्तरबाट कुनै पहलकदमी नलिएको गुनासो स्थानीय बासीको छ । साथै यातायातको असुविधा हुदाँ यस क्षेत्र घुम्न आउने पर्यटकहरुलाई निकै ठुलो अप्ठ्यारो परि रहेको छ । स्थानीय पर्यटन ब्यवसायी बलदेव केसिले व्यवसायी बायु उर्जा संचालनमा ल्याउनु भएको छ । दैनिक २००० धबत उत्पादन क्षमता राख्ने यस वायु उर्जाले यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुगेको देखिन्छ । साथै यस क्षेत्रको आर्थिक विकासका लागि दुग्ध बिकास संथानले चिज प्रशोधन कारखानाको स्थापना गरेको छ । यस चिज प्रसोधन कारखानामा विषेश गरि चिज, बटर आदि उत्पादन हुने गर्दछन् । यसले गर्दा यहाँका स्थानियवासिलाई दुध बेचबिखनबापत राम्रो आम्दानि हुने गरेको स्थानिय वासि बताँउदछन् । यस चिज कारखाना अथवा दुग्ध प्रशोधन केन्द्रमा नुवाकोट जिल्लाको तलाँखु एवं पाटिभञ्ज्याङ हैवुङ देखिका स्थानिय दुग्ध व्यवसायिहरुले दुध बिक्रिका लागि ल्याउने गर्दछन् ।
यस क्षेत्रको ठोस पर्यटन विकासका लागि राज्य स्तर बाट कुनै पहलकदमी भएको जस्तो देखिँदैन । यस क्षेत्रको पर्यटन प्रबद्र्धन र विकासका लागि नेपाल पर्यावरण पर्यटन समिति नामक गैरसरकारि संस्था, नेटिभले ठूलो सहयोग पु¥याईरहेको छ । यस संस्थाले ठाँउ ठाँउमा विश्राम स्थल, पदमार्ग विचमा खानेपानिका लागि धाराहरु निर्माण गर्दै आईरहेकोछ छ यसका वावजुत पनि यस क्षेत्र प्रकृतिले नै प्रदान गरेको सुन्दर पर्यटकीय स्थल हो । यहाँ सम्म आईपुग्ने अधिकांस स्वदेशी एवं विदेशी पर्यटकहरु यहाँसम्म आईपुग्न पाएकोमा खुसि महसुस गर्दछन् । सफा एवं सुन्दर ठाँउ, होटलका प्रत्येक कोठाबाट सुन्दर तथा मनोरम हिमश्रृङ्खलाको साथै सूर्योदय र सूर्यास्त समेतको दृष्यावलोकन गर्न पाइने हुनाले तथा सुविधा सम्पन्न होटल तथा लज, मायालु आतिथ्य सत्कारले पनि यहाँ आउने जो कोहि पर्यटक पनि आकर्षित हुने गर्दछन् । केहि समय अगाडि सम्म विदेशी पर्यटकमात्र आउने यस ठाँउमा आजभोलि आन्तरिक पर्यटकको पनि ओईरोनै लाग्ने गर्दछ । काठमाडौंको भिडबाट उम्कन एवं विदा एवं छुट्टि मनाउनका लागि यहाँ आउने आगन्तुकहरुले पनि यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुगेको स्थानिय होटल एवं पर्यटन ब्यवसायी बताँउदछन् । काठमाडौं बाट नजिकै रहेको तथा स्वच्छ हावापानि, मनोरम वातावरण सुन्दर एवं शान्त प्राकृतिक दृष्यावलोकन गर्न पाईने हुनाले पनि आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि चिसापानि एकक प्रमुख गन्तव्य स्थल बन्न गएको छ ।
वासि देखिन्छ । यहाँबाट केहि समय तल झरे पछि काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गहरु मध्येको एक भञ्ज्याङ्ग पाटि भञ्ज्याङ्ग पग्नु सकिन्छ । पाटि भञ्ज्याङ्ग पनि चिसापानि जतिकै पर्यटकीय संभावना बोकेको क्षेत्र हो । नुवाकोट जिल्लाको तलाँखु गा. वि. सर सिन्धुपाल्चोक जिल्लाको थकनी गा. वि. स को सिमानामा पर्ने यस सुन्दर तथा मनोरम स्थलबाट नुवाकोट र सिन्धुपाल्चोक दुबैतर्फको सुन्दर दृष्यहरु निकै राम्रसँग नियाल्न सकिन्छ । थानकुने भञ्ज्याङ्ग गोल्फु भञ्ज्याङ्ग भएर धार्मिक स्थल गोसाईकुण्ड एवं पर्यटकीय स्थल हेलम्बुसम्म पुग्ने पदमार्ग समेत रहेकाले यस क्षेत्रको थप महत्व बढ्न गएको छ । यसका साथै यस क्षेत्रमा यातायात समेतको सुबिधा रहेको छ । यस क्षेत्रमा काठमाडौं भोटेचौर हैबुङ्ग हुँदै तलाँखुसम्म चल्ने बस सेवाले यस क्षेत्रको पर्यटकीय संभावना बढाएको छ । पाटी भञ्ज्याङ्ग पवित्र सिन्धुखोला र लिखु खोला को जननी स्थल पनि हो यहाँ दायाँ भएर लिखुखोला र दाँया भएर सिन्धुखोला बग्ने गर्दछन् । हरित डाँडा, सुन्दर बस्ति र चारैतिर भञ्ज्याङ्गले घेरिएको यस मनोरम ठाँउ अर्को एतिहाँसिक स्थल पनि हो । यहाँबाट केहि समय उकालो लागेपछि एतिहाँसिक महत्व बोकेको सुन्दर स्थल थाना भञ्ज्याङ्ग पुग्न सकिन्छ । बि.सं १८१४ मा पृथ्वि नारायण शाहले नुवाकोट सिन्धुपाल्चोक आक्रमणका लागि यस स्थल पयोग गरेका थिए भन्ने जन विस्वास रहेको छ । पृथ्वि नारायण शाहले तत्कालिन समयमा निर्माण गरेका किल्ला, सुरुङ्ग बंकर आदि आज पनि भग्नावशेषका रुपमा देख्न सकिन्छ । यसका साथै पहाडको थुम्कोमा अवस्थित यस स्थान ओरपर भाँचिएर लोव हुने खतरामा रहेका सिलालेखहरुले पनि यस क्षेत्र ऐतिहाँसिक हो भन्ने कुरा झलकाँउछ । अत्यन्तै अग्लो सथानमा रहेको र यस क्षेत्रबाट सिन्धुपाल्चोक र नुवाकोटको अधिकांस भुभाग देख्न सकिने हुनालपनि चौतर्फी आक्रमणको लागि सुरक्षित स्थानको रुपमा उनले प्रयोग गरेका हुन् भन्ने जनविस्वास रहेको छ । उनले तत्कालिन समयमा निर्माण गरेका किल्ला, सुरुङ्ग बंकर आज भत्किएर करिव करिव लोपको संघारमा छन् । किल्ला ओरपर पलाएका काँडाघारीले गर्दा यस क्षेत्रको अध्ययन अनुसन्धान गर्न झन् कठिन भएको छ । यस क्षेत्रमा उनले तत्कालिन समयमा निर्माण गरेका घण्टा शिलाहरु अधिकांस चोरी भईसकेका छन् । यस क्षेत्रको संरक्षण र विकासका लागि सरकारि तवर एवं स्थानियबासि समेतबाट पनि कुनै पहलकदमि नलिएको कारणले एतिहाँसिक एवं पर्यटकीय महत्व बोकेको थानाभञ्ज्याङ्ग आज लोपको स्थितिबाट बाँचिरहेको छ । यस क्षेत्रमा रहेका ऐतिहासिक महत्वका सामाग्रिको रेखदेख, अध्ययन अनुसन्धानमा जोड दिन सके यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बन्नेमा कुनै शंका छैन अतः यस क्षेत्रको पर्यटकीय विकासका लागि एवं ऐतिहाँसिक महत्व संरक्षणर सम्बद्र्धनका लागि सुन्दर थानाभञ्ज्याङ्ग पर्खिरहेको छ । .............................
समाप्त