मेरो इतिहाँस मेरो गर्व

Sunday, July 10, 2011

poem


उ तिम्रा लागि थियो
तिमि त्यसका लागि भएनौ
समय तिम्रै थियो
तिमि क्षितिज पारि थियौ
आज समय फेरिएको छ
अनि रुप बदलिएको छ
अव चाहेर नचाहेर पनि
अविश्रान्त वग्ने समयको गतिशिलता भित्र
सायदै भेटिनेछ तिम्रो अस्तित्व,
अव के सजाउँछौ
अनि के पहिरिन्छौ
समय घर्किए पछि,
दिन फर्किए पछि
अनि तुक न वे तुकका तिम्रा
वैचारिक विम्व भित्र
कुनै सजिवता भेटिनेछैन
र हुने छैन तिम्रा अनुहारमा कुनै जिवनशीलता
त्यसैले आउ अव डाँडामा घाम छँदै
उज्यालोले आकास नछोडुन्जेल
तिम्रा मानसपटलमा लागेका अन्धकार चिर्न
कुनै त्यस्तो जाज्वल्यमान दियालो खोजि गरौं
डङ्गुर समयका कथा भित्र
तिम्रा असरेल्ल सपनाको खोजि गरौँ
अनि रोपौँ सजिव चेतनाका विजहरु
धर्तिमा रात नपस्दै,
चराहरु वास नवस्दै । ।