मेरो इतिहाँस मेरो गर्व

Thursday, June 30, 2011

निर्भिग्न लम्पसार रात
सन्नटा चिर्न भयातुर
उर्जाका उज्याला रश्मिहरु
तर वेपर्वाह वगिरहेछ
 गतिहिन समय

मलाई विस्वास छ
थकान मिश्रीत तिम्रा नग्न रातहरु
उर्वर अयोग्य छन् ।
अनि तिम्रो विहान ले
कुनै त्यस्तो जाँगर जन्माउने छैन

मैले चाहन्थेँ उर्जा मिश्रीत तिम्रो अनुहार
भय मुक्त र उत्साह मिश्रीत होस्
तर तिमि अकारण भयले ग्रस्त र
रोगि भईछ्यौ

हो आज पनि म
तिम्रो गन्तव्यहिन पाईला भित्र
तिम्रै भविष्य देखिरहेछु
त्यो तिम्रा लागि अयोग्य र
अवान्छित छ ।
तर मलाई माफ गर
म देख्न विवश छु
म लेख्न विवश छु । ।