मेरो इतिहाँस मेरो गर्व

Sunday, July 31, 2011

चरि पिंजरा र मानिस




मलाई स्वतन्त्र हुन र वाँच्न देऊ
आफ्नै तालमा पँखेटा फिँजाउन देऊ
निर्वाध प्रकृतिका पटांगिनीमा
उन्मुक्त र खुल्ला आकासमा ।

तिम्रा पिंजराहरु भित्र
सिक्रिहरुले वाधिएको कैदी र लम्पट जिवन
नचाहेर पनि वाँच्नुपर्ने
पिडा साँचेर हास्नु पर्ने
फगत तिम्रा शव्दमा लोलि मिलाँउदै
तिमिले मिल्काएका चाहारामा रम्दै
तिम्रै सन्तुष्टि र रहरका निम्ति
उपभोगीय संस्कारको माखेसाङ्गलो भित्र
आफुलाई फाहोरी र प्रदुषीत तुल्याँउदै
सक्दिन म जिउन जिवन
त्यसैले,
छाडिदेऊ मलाई मेरै जंगलहरुमा
मेरै वस्तिहरुमा ।।

तिमि मान्छेहरुले
स्वतन्त्रता चाहने नाममा
के ग¥यौ /गरेनौ
अकारण कयौंलाई मृत्युले पुरस्कृत ग¥यौ
भयानक युद्धहरु थोप¥यौ
विद्रुप धुनमा आकास गर्जायौ/रुवायौ
अवोध दुधे वालक निमोठे झैं
सुन्दर प्रकृतिलाई चिथो¥यौ/कोप¥यौ
रोप्यौ विनासका विष वृक्षहरु
फैलायौ वम वारुदका मुस्लाहरु
सिक्यौ /जान्यौ जन्मँदै
फैलाँउन विद्रोहका धुवाहरु
आखिर यि सव तिमि उन्मुक्त हुन होईन ? ।।।

तर तिमि म जस्तै
अझै निर्मम जन्जिरले वाँधिएका छौ
क्रोध, अहंकार र लोभले
धृणा, व्यभिचार र प्रतिशोधले
तिमि पातलिँदै छौ मानव
तिमि छोटिँदै छौ ।।।।

मानवरुपी मुखुण्डो पहिरिएका
दुरुस्त हात पाउ र शरिर वेरिएका
तिमि स्व घोषित मान्छेहरु,
तिम्रा पाशवीकताका शिकार के–के भएनन् ?
सुन्दर प्रकृति लुट्यौ/चिथो¥यौ
डाँडाहरु भत्कायौ/फुटायौ
विकासका नाममा पहाड फो¥यौ
नदिका ढुंगा/वालुवा सोे¥यौ
जंगल फाँड्यौ वस्ति वसायौ
तिम्रा सजीव चेतनाका उपज यिनै होईनन् ?।।।।।

तिमि गणितिज्ञहरु,
विज्ञानका विज्ञहरु,
अर्ति उपदेशमा तिमि तिक्ष्णहरु
तिम्रा विज्ञानले कुन प्रयोगशालामा अक्सिजन जन्माँउछ ?
अनाजहरु कुन उद्योगमा फलाँउछ ?
तिमिले कहिल्यै सोच्यौ ?
तिम्रा अवान्छित दोहनको पिडाबाट
सुन्यतामा अडिएको पृथ्वि
कतै चटपटायो/डगमगायो भने ?
कहिँ आफ्नो कर्तव्यबाट विचलित भयो भने ?।।।।।।

तिम्रा कुकृत्य छातिमा राखेर
अनुसाशनको सिमा भित्रै वाँधिएर
पृथ्वि अविराम आफ्नो कक्षमा
निर्विध्न, चालमान र गतिमान छ,
तर, तिमि मान्छे
विवेक सुन्य चालमा
कयौँ पटक कर्तव्य च्यूत भयौ
यात्रामा वाटाहरु फे¥यौै÷तिल्मिलायौ
दायित्वहरुमा स्खलित भयौ ।।।।।।।

त्यसैले, आजभोलि तिम्रा प्रयोगशालाहरुमा
धर्तिका तापमानहरु बढिरहेछन्,
प्राकृतिक विपत्तीहरु सगरमाथा चढिरहेछन्,
त्यसैका बहानामा
महंगा र तारे होटलहरुमा
तिमि मध्ये कोहि बाठाहरु
पैसा खर्चेर भतेर गर्छन्,
गोष्ठि र सेमिनारका नाममा
भाका फेर्छन्,
पोल्टा भर्छन् ।।।।।।।

लठैत मनुवाहरु हो,
बुद्धिमा विर्को लागे पछि
आखामा अन्धकार छाए पछि
शरिरहरु यान्त्रिक हुन्छन्,
विचारहरु नपुङ्शक हुन्छन्
अनि भेटिँदैन प्रयोगशालामा
अर्थहिन, जिवनहिन जिन्दगी लम्व्याउने
प्रविधि अनि कुनै औजारहरु
हुने छैन विकल्प
तिम्रा दारुण मृत्युको
माहामारिको, प्रलयको
विनासकारि भवितव्यको
कारण,
असुल हुन बाँकिनै छ
तिम्रा अन्याय र अत्याचारका
अंक गणितीय हिसावहरु ।।।।। अस्तु ।।।।।
रामनाथ ‘अविरल’
जोरपाटी–४, काठमाडौं ।