मेरो इतिहाँस मेरो गर्व

Sunday, June 19, 2011

सपनाको खोजी

सपनाको आधिवेहरी सँगै
विस्माात मिश्रीत मेरा रंगिन रातहरु
केवल प्रलयको अनिद्रा भित्र
किन हो किन वन्धक छ ।

न हावा सँगै वहने
जुनको शितलतामा  हराउन सक्छ
अनि फूल मुस्कुराएर बग्ने
कोमल शित थोपामा भिज्न सक्छ

मेरो यो जिर्ण अनिदो रात
जिवनको आधा अनि बैँशालू समय
निमिट्यान्न पार्दै
मात्र भोलि, बाँच्ने आशामा
विति रहेछ फगत वितिरहेछ ।

म सक्दिन यो रातको बदला
पर क्षितिजमा ढल्किरहेको घाम छेक्न
अनि प्रत्येक गोधुलीमा उदाउने
जुन सँगै विहानी साट्न


तर,
प्रत्येक रात सँगै फक्रने मेरा सपनाका फूलहरु
साँझ ढल्कँदा नढल्कँदै ओईलाएका छन्
जिवन भित्रका उर्जाशिल दानेदार फलहरु
प्रत्येक घामको अस्ताई सँगै विलाएका छन्

रत,
मलाई जिवन भित्र रात होईन
अन्धकार छिचोल्न धिपधिपे
जुनकिरीको साथ होइन
राताम्य क्षितिज सँगै उदाउने  
मात्र विहानी चाहिएको छ ।
( ईति संवत २०६७ साल कार्तिक ४ गते रोज ५ वेलुका ८ बजे शुभम् )
जोरपाटी ४ काठमाडौं
— रामनाथ खनाल

No comments:

Post a Comment