मेरो इतिहाँस मेरो गर्व

Sunday, June 19, 2011

श्रीमान श्रीमति बिदेशिदाका समस्या.........................................
  नेपाली समाजमा रोजगारीको शिलशिलामा सुरुवात आजको देखि होईन निकै अगाडिबाट कामको खोजिमा स्वदेश भित्रै अथवा स्वदेश बाहिर जाने क्रम चलेको हो । द्वितिय बिश्व युद्धमा नेपालिले  विरता पर्दशन गरे पछाडि बेलायतले सम्मान स्वरुप नेपलीलाई बेलायति सेनामा लिन थाल्यो यसका साथै गोरखा राईफल्सका नाममा छिमेकि मुलुक भारतमा पनि सेनामा जागिरखान जानेको संख्या पनि उल्लेख्यनै थियो यसरि कामको खोजिमा घरबाट बाहिरिनेमा प्राय गरेर पुरुषनैहुने गर्दथे तर आजभोलि यसरि बाहिरिनेमा महिला पनि पर्न थालेका छन् । नेपालि समाजमा पुरुष कमाएर ल्याउने र महिला घरभित्रको मात्र काम गर्ने परिपाटी रहेकोमा हाल आएर यो सोचाइमा केहि फेरबदल आएको पाईन्छ तथापि यो क्रमको सुरुवात भएको धेरै भएको छैन । यसरि बाहिरिनेहरु मध्ये अधिकांसको रोजाई खाडिमुलुक पर्ने गर्दछ शिप योग्यता र क्षमता विनानै काम पाईने र कम खर्चमा म्यानपवर कम्पनिले सहज प्रकृयाद्धारानै छिटो पठाई दिने हुनाले नेपालीहरुको रोजाई खाडि मुलुक परेको हुन सक्छ ।

       केहि समय अगाडि सम्म बिदेशिने नेपालीहरुको पहिलो रोजाई छिमेकि मुलुक भारत पर्दथ्यो । नेपालसाँगको खुल्ला सिमाना तथा तेश्रो मुलुक सँगको श्रम सम्झौता नभईसकेकाले त्यो एक किसिमको वाध्यता पनि थियो । हाल खाएर नेपालले बिधिन्न मुलुक सँग श्रम सम्झौता पनि गरिसकेको छ र आज छिमेकि मुलुक मात्र नभएर युरोपियन तथा दक्षिण कोरिया, जापान, चिन ल्याटिन अमेरिकाका केहि देशहरुमा पनि नेपालीहरुको प्रवेशहुन थालेको छ ।  शैक्षिक भिषका नाममा होस या अन्य कामदारका रुपमा जे होस कामका लागि विदेशिनेको संख्या अधिकनै रहेको छ ।

  यसरि कामको खोजिमा विदेसिँदा घरमा रहेका श्रीमान श्रीमतिमा एक खालको मानसिक रोगले सताउने गर्दछ । श्रीमतिलाई श्रीमानले अर्काे विहे गर्लान् कि भन्ने चिन्ता, श्रीमानलाई पनि श्रीमतिले उतै घरजम गर्लिन्कि भन्ने डर रहने गर्दछ । यसका अलावा विशेष गरेर महिलाहरु यौन कुण्ठाको शिकार हुने गर्दछन् अझ विशेष गरेर नव विवाहिताको हकमा भने यो अझ वढि हुने गर्दछ । यसले गर्दा पति पत्निको सम्बन्धमा मात्र होईन यो भयानक रोगको रुपमा नेपाली समाजमा देखा पर्दैछ । अझ भनौँ श्रीमान विदेशिएका मौका पारेर श्रीमतिलाई डर, प्रलोभनमा पारि यौन कार्यमा संलग्न गराउने व्ल्याक मेलिङ गर्ने तथा श्रीमति आँफै त्यो कार्यमा लिप्त रहने आदि घटना बारम्वार सुन्न र देख्न पाईन्छ ।  यसले पति र पत्नि विचको वैवाहिक सम्बन्धलाई कमजोर मात्र बनाँउदैन यसले नेपाली समाजलाई बिकृत उन्मुख गराईरहेको छ । यसको निराकरणका लागि पति पत्नि विच सामन्जस्यता हुन जरुरी छ । घर परिवारले आवास्यक पारिवारिक  माया प्रदान गर्ने  श्रीमान र श्रीमतिलाई नजिकबाट चिन्ने र बुझ्ने आदि गर्नाले पनि यो समस्या बाट केहि हद सम्म मुक्त हुने देखिन्छ ।

No comments:

Post a Comment