मेरो इतिहाँस मेरो गर्व

Sunday, August 21, 2011

poem

प्रिय मित्र,
आज भोलि म लेख्दिन कविताका हरफहरु
सजाँउदिन कुनै सिर्जनाका शव्दहरु
कोर्दिन म कुनै कल्पनाहरु
किनकि यो भिड
मृत मगजहरुको हो
वेचेतन वुख्याँचाहरुको हो

वर्षौदेखि मेरो कलमहरु
जोडिरहेछन् शव्दहरु
तिखार्दै वर्णाकृतिहरु
तर यो मानवसुन्य वस्ति हो
कानधारी वहिराहरुको
लिङ्गधारी नपुङ्सकहरको

जो देख्छ ,हेर्दैन
सुन्छ, सोच्दैन
वोल्छ महसुस गर्दैन
यस्ता विचार विहिनहरुको
उजाड, उराठलाग्दो र पट्यारलाग्दो
मानवहिन वस्तिहरुमा
किञ्चित पनि शव्दको मर्म हुने छैन

रहनेछैन महत्व
कुनै शव्द अलंकारको
निस्तेज वन्छ अस्त्र,
शव्द प्रहारको
सुन्य समवेदना भित्र
रहँदैन घर्म सुआचारको
रामनाथ अविरल
जोरपाटी ४, काठमाडौँ

No comments:

Post a Comment