ए मरेकी छैन
एउटा भयानक तर सन्त्रास विहिन
ताप र रापले खारिएर
संघर्ष र पिडाले थलिएर
उ कायल छे
म पढ्न सक्छु उसको अनुहार
नियाल्न सक्छु जिर्ण शरिर
विम्वका प्रत्येक पानाहरुमा अलिखित कथाहरु
जन्माउन खोजेका अमुर्त पात्रहरु
सवै उसका स्मृतिका
भय मिश्रीत व्यथाहरु
उ विवश छे
अप्राकृतिक र अवान्छित गर्भाधारणको
गति र जिवन वाहेकको
मेल र संगती विनाको
वोक्न एउटा लिङ्ग विहिन भ्रुण
तर उसले मार्न खोजि त्यो भ्रुण
र मर्न चाहि उ प्रत्येक पल
भय र तापले
डर र सन्त्रासले
तर पनि,
म अनुभुत गरिरहेछु
उसका प्रत्येक निश्वासहरुमा
जिन्दगिका केहि अंश त जिवितै छ
अनि बाँचेकै छ पिडाका माहासागरमा
एउटा अतृप्त धड्कन
जिवनको अन्तिम आस वोकेर................................।।।।
रामनाथ खनाल
जोरपाटी ४ काठमाडौं ।

No comments:
Post a Comment