वार्ता गरौँ
आउ प्रिय वार्ता गरौं
तिमि र मेरो नयाँ समझदारिको सिमा रेखाङ्कन गरौं
लक्ष्मण रेखा नाघेर
अनि सिमाहिन सम्झौताले बाँधेर
तिम्ले विगतमा गरेका
भयानक गल्तिका हिसावकिताव च्यात्दै
आउ नयाँ उचाइृका साथ वार्ता थालौ ।
तिम्ले निश्चिन्त उचालेका
डाडु, पन्यु र ताप्के विसाउदै
अचानक झटारिने कुचा र चिरपटहरु थन्क्याएर
अनि मेरो मुठिका ज्वारभाटाहरु पनि विसाएर
पँलेटि कस्दै मूल ओच्छ्यानबाट सम्झौताको विगुल फुकौँ ।।
हाम्रो वेमेलको विरासतमा उभिएर
छोराले सानदार रिजल्ट ल्यायो
तरकारि किन्ने मेरो वर्गत नदेखेर होला
आठओटै विषयमा आलु पायो ।।।
थुप्रै सम्भावनाहरु ओईलायो
तर कालो वादलमा चाँदिको घेरा भएझैँ
आठ वर्षे छोरिको उज्ज्वल प्रेम मौलायो ।।।।
उधारो र सापटीले लक्ष्मण रेखा नाघेर
ईज्जत पर्दा पछाडि लुक्न थाल्यो
दिनहुको वहानावाजिको शव्दकोष रित्तिएर
घरसाहुले थुक्न थाल्यो ।।।।।
जिवन यस्तै हो प्रिया
आउ अव विटमारौँ घरयुद्धका दारुण कथाहरु
आसले सास फेरुञ्जेज
सम्भावनाले भविष्य कोरुञ्जेल
थति रहेका अधुरा र अपुरा ईच्छा उकास्न
अन्तरिम समझदारि कायम गरेरै भए पनि
उधारो शान्ति खडा गरौँ
सुदुर भविष्यको घडा भरौँ ।।।।।।
रामनाथ अविरल
जोरपाटी ४ काठमाडौं

No comments:
Post a Comment