मेरो इतिहाँस मेरो गर्व

Wednesday, August 10, 2011

हिजोआज


प्रिय मित्रहरु,
धेरै वर्ष अघि देखि मनका अन्तर कुन्तरहरुमा धेरै कुरा छचल्कि रहेको छ तन तन्नेर भए पनि मन नितान्त थाकेको छ अनि आवरण पुष्ट भए पनि विचार उर्जाविहिन छ । त्यति खेर भावना पोख्नुको सान्दर्भिकता कम थियो अठार वर्षे युवकको जिवन दर्षनलाई अलि माथ दिन्थ्यो । गतिहिन र क्रियाविहिनता भित्र अस्तित्व कुहिराको काग ता हुन्थ्योनै तर त्यो भन्दा वढि निर्जिवताको पराकाष्टा, यहाँ जन्मँदै प्रदुषित हुनु पर्ने अनि पढाईको/सिकाईको यान्त्रिकता यि सवै बर्तमान व्यवस्थाका नकारात्मक उपज हुन् । यहाँको वालावालिकालाई खेल्नेकुरा अथवा जन्मदिन या कुनै अवसरमा वन्दुक उपहार दिईन्छ अनि सानै देखि हिंस्रक मनोवृति भरिन्छ । स्कुलहरुको पाठ्यक्रममा कुनै सिर्जनात्मकता छैन र दिँदैन, शिक्षाले दिनु पर्ने मानविय जिवनोपयोगि शिप शौन्दर्य र सभ्यता कुनैको रुप भेटिँदेन यहाँका शैक्षिक सुपरमार्केहरुमा, अनि यहाँको राज्य व्यवस्थाको ठेक्का सवै प्राईभेट क्षेत्र (माफिया चैँ नभनौँ) को हो अनि विचार गर्नहोस् तिनिहरुले कसको हितमा काम गर्लान् ? माफ गर्नुहोला, हामि यस्तो राज्यको रथमा चढेर काँहि पुग्दैनै । यो त्यहि राज्य हो जसले नागरिकलाई खुलेआम वेच्छ , दिदी वहिनीहरुलाई परराष्ट्र अगाडि लाम लगाँउछ र खुलम्खुला मोलमोलाई गर्छ अनि माग्दै हिड्छ हाम्रा चेली वेचिए भनेर सहयोगाका रासिहरु, यहाँको कानुन (अव वन्ने समेत) ले पैसा, पद र प्रतिष्ठाका आधारमा न्याय फैसला गर्छ । धरौटिका नाममा अपराधी छुटाँउछ, अर्को अपराधका लागि वैधानिक रुपमा सम्मानित अदालतलेनै हौस्याँछ, पैसाले अपराधहरु छोपिन्छ/ छोपाईन्छ । कस्तो अदालति पद्धति हो यो पैसामा ईज्जत किन्न र अपराध वेच्न पाईने ? जस्तोसुकै जधन्य अपराध पैसाले फिक्का वनाए पछि त्यो देशमा कानुनी राज सम्भव छ ? कदापि छैन र हुनेछैन । यो कस्तो राज्य हो जहाँ जन्मँदै विभेदका श्रृङ्खला सुरु हुन्छ, ? यो कस्तो देश हो जहाँ एउटै देशमा दुईटा शैक्षिक प्रणाली छ , जहाँका कारखानाहरुमा जन्न्मँदै दुईथरी नागरिक उत्पादन हुन्छ ? जन्मँदै पैसा भए र नभएका आधारमा धनि र गरिव वन्नुपर्ने त्यहि आधारमा कानुनको न्यायीक फैसला व्यहोर्नुपर्ने ? यहाँका अखवारले कुनै सकारात्मकता प्रवाह गर्दैनन् स्वत सिद्ध प्राकृतिक विपत्ति, भवितव्य , र मृत्यु तथ्यले व्यानर न्युज पाँउछ सालनाल सहितको वच्चा फालेका अनि त्यसलाई कसैले पालेका पङ्तिले अघिल्लो पृष्ठ रङ्गिन्छन् र सो घटनालाई फेरी दोहो¥याउन प्रोत्साहित गर्छन्, न्युज नपाँउदा पत्रिका नछाप्दा के विग्रन्छ ? अव यस देशको परिवर्तन केवल ढोँगि र सतही नारा भन्दा केहि होईन । कसले गर्ने परिवर्तन ? वागमतिमा नुहाएर शुद्ध होईन्छ ? कुकुर काँसि जाँदैमा...................खान छोड्छ ? यस्तै तर्क विर्तकहरुको सकारात्मक जवाफ कसैसँग नभेटेर होला आज थुप्रै युवा गतिहिन भएका छन् । क्रान्ति आज हाम्रो पुख्र्यौलि पेशा भएको छ । छिमेकीदेशले जहाज वनाँउदा हामि आकासमा उडेको जहाज देखेर रत्तिरहन विवष छौँ । यस्तै समस्याका चङ्गुलले कयौँलाई विदेश धकेलेको छ कयौँलाई मृत्यु उपहार दिएको छ । यो देशको सक्कली अनुहार हेर्न काँहि कतै भौतारिनु पर्दैन अनि कुनै शास्त्र पद्धति पल्टाउनु पर्दैन आफैलाई हेरे पुग्छ । तर यो सवैको मुल जड राजनितिक व्यवस्थानै हो । संसारमा सवै थोक वनाउन जन्माँउन सकिन्छ तर राजनेता जन्माउन नसकिदो रहेछ । जुनदेशमा जन्मँदै नागरिक पथभ्रष्ट वन्छन् /वनाईन्छन् ति वाट परिवर्त केवल दिवाश्वप्न हो । यो देशमा राजनितिले गर्न नसकेको परिवर्तन प्रवृति नै हो जवसम्म प्रवृति परिवर्तन हुदैन तवसम्म पात्र परिवर्तनको औचित्य रहँदो रहेनछ ........................................

No comments:

Post a Comment