निश्पट्ट अध्यारो रात चिर्दै
उज्यालो बिहानि सम्म आइपुग्न
छिचोल्नु पर्छ थुप्रै गल्छेडाहरु
अनी पार गर्नु पर्छ बिशाल जँघार
हुन सक्छ बिचमा निलकाँडाहरु पनि
रक्ताम्य हुन्सक्छन पैतालाहरु
तिनै पास हुनेछन
जो अनेकौँ प्रतिकुलता चिर्दै
अघी बडिरहन्छन निरन्तर निरन्तर ..........
No comments:
Post a Comment